Banking Khabar
खेलकुद

अष्ट्रेलियाविरुद्ध न्यूजिल्याण्डको शानदार जित, यी खेलाडी चम्किँए ?

shilalekha
shilalekha
प्रकाशित: February 22, 2021
February 22, 2021
सेयर:

काठमाडौं । न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलिया ५३ रनले पराजित भएको छ ।

न्यूजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो ।

उसका लागि मिचेल मार्शले ४५, एश्टन अगरले २३, झय रिचडर्सनले ११, एडम जम्पाले अविजित १३, केन रिचडर्सनले पाँच, मार्कस स्टोइनिसले आठ, जोश फिलिपले दुई, कप्तान आरोन फिन्च, ग्लेन म्याक्सेवल, डानियल साम्सले एकरएक रन बनाए ।

बलिङमा इश सोढीले चार, ट्रेन्ट बोल्ट, टिम साउथीले दुई/दुई, काइल जेमिसन र मिचेल सान्टनरले एकरएक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

उसका लागि डेभन कोनवेले शानदार ब्याटिङ गरे । उनले ५९ बलमा तीन छक्का १० चौकाको मद्दतमा अविजित ९९ रनको योगदान दिए ।

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा कोनवेको यो उच्च प्रदर्शन हो । यसअघि टी-२० मा उनको उच्च स्कोर अविजित ६५ रन थियो ।

त्यस्तै, ग्लेन फिल्सिसले ३०, जिमी नीशमले २६ र केन विलियम्सनले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा डानियल साम्स, झय रिचडर्सनले दुईरदुई र मार्कस स्टोइनिसले एक विकेट लिए । आजको जितसँगै पाँच खेलको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो टी-२० बिहीबार हुनेछ ।