Banking Khabar
शेयर

आइतबारसम्म ज्योति लाइफको आईपीओ कतिले भरे ?

shilalekha
shilalekha
प्रकाशित: March 7, 2021
March 7, 2021
सेयर:

काठमाडौं । आइतबारसम्म ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ १० लाख ७० हजारले भरेका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार हालसम्म २३ लाख २५ हजार कित्ताको लागि आवदेन परेको छ।

कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारण समुह तर्फको ६६ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेको थियो। कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब २० करोडको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर एक सय रुपैयाँ अंकित दरका ६६ लाख कित्ता निष्काशन गरिरहेको छ।

कम्पनीले सर्वसाधारण समुह तर्फको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३ लाख ३०हजार कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९ हजार ४० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताका दरले ५ लाख ९४ हजारले शेयर पाउन सक्छन्। तर अहिलेसम्ममा १० लाख ७० हजारले आवदेन दिसकेकाले आवेदन दिन बाँकी लगानीकर्ताले १० कित्ताको लागि मात्रै आवदेन दिए पुग्छ।