Banking Khabar
शेयर

आज यी दश कम्पनीको सर्वाधिक कारोबार ?

shilalekha
shilalekha
प्रकाशित: March 1, 2021
March 1, 2021
सेयर:

काठमाडौं । सोमबार शेयर बजार दोहोरो अंकका साथ उकालो लागेको छ ।

सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ४०.६४ अंकले उकालो लागेर २५१५.०३ मा पुगेको छ । नेप्से १.६४ प्रतिशतले बढेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक ६.४७ अंकले बढेर ४५३.७५ मा पुगेको छ । कूल २०९ वटा कम्पनीको एक करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, बढेको बजारमा क्रमशस् चन्द्रागिरी हिल्स लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, बरूण हाइड्रोपावर कम्पनी लिमिटेड, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।