Banking Khabar
शेयर

आज यी १३ कम्पनीले गरे नेप्सेमा सर्वाधिक कारोबार ?

shilalekha
shilalekha
प्रकाशित: February 18, 2021
February 18, 2021
सेयर:

काठमाडौं । साताको अन्तिम दिन आज (बिहिबार) पनि शेयरबजारले नयाँ इतिहास रचेको छ । आज शेयरमापक नेप्से परिसूचक २६३६ को बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

आज नेप्से परिसूचक २५.२३ अंकले बढेर २६३६.६८अंकमा पुगेको छ । नेप्से ०.९७ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

शेयरबजार बढ्दा नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, बेस्ट फाइनान्स कम्पनी लिमिटेड, सिभिल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, हिमालयन पावर पार्टनर, सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताले सबैभन्दा बढी मुनाफा कमाएका छन् ।