Banking Khabar
शेयर

एनसीसी बैंकको साढे १३ लाख कित्ता शेयर बिक्रीमा (विवरणसहित)

shilalekha
shilalekha
प्रकाशित: March 1, 2021
March 1, 2021
सेयर:

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहका केहि शेयरहरू बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको १३ लाख ६४ हजार ६०४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

संस्थापक समूहको शेयरहरू बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान गरेको हुनाले उक्त शेयरहरू खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।

साथै सूचनाको म्यादभित्र संस्थापक शेयरधनीबाट उल्लेखित शेयर खरिदा गर्न कुनै प्रस्ताव नआएको अवस्थामा प्रस्तावितरअन्य खरिदकर्तालाई उक्त संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अगाडी बढाइने पनि बैंकले जनाएको छ ।