Banking Khabar
अदालत

एसिड आक्रमण अध्यादेश राजपत्रमा प्रकाशित,एसिड हान्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना

shilalekha
shilalekha
प्रकाशित: September 29, 2020
September 29, 2020
सेयर:

काठमाडौं । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले ल्याएको अध्यादेश राजपत्रमा प्रकाशित भएको छ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपतिले जारी गरेको अध्यादेश मुद्रण विभागले राजपत्रमा प्रकाशन गरेको हो।

बढ्दो एसिड आक्रमण नियन्त्रण गर्न र यस्तो कार्यमा संलग्नलाई कडा कारबाही गर्न सरकारले तेजाब प्रहार गर्नेलाई जन्मकैद सम्मको सजाय गर्ने व्यवस्था गरेको छ। गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गरेको थियो।

संसद अधिवेशन नभएकाले सरकारले अध्यादेशको रुपमा यो कानुन जारी गरेको हो। राजपत्रमा प्रकाशित भएकाले यो अध्यादेशले तत्काल कानुनको रुपमा लिने छ। उक्त अध्यादेशलाई संसद बैठक सुरु भएपछि ६० दिनभित्र पारित गर्दै प्रतिस्थापन गर्नुपर्ने छ।

एसिड आक्रमणका लागि मुलुकी अपराध संहितामा पनि केही व्यवस्था गरिएको छ। तर उक्त व्यवस्था अपुग भएको भन्दै सरकारले नयाँ अध्यादेश ल्याएको हो।

अध्यादेशमा तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग गरी वा सेवन गराई अंगभंग तुल्याएमा र शारीरिक क्षति पुर्‍याएमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ। पीडितलाई पीडकबाट १० लाख रुपैयाँसम्म जरिवाना निर्धारण गर्न सक्ने बनाइएको छ।