Banking Khabar
खेलकुद

एसियाली खेलकुदको तयारीमा रहेकी साग स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

shilalekha
shilalekha
प्रकाशित: May 10, 2022
May 10, 2022
सेयर:

नेपालगन्ज । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, घटनास्थलमा पुगेर हेर्दा मृत अवस्थामा हामीले फेला पार्‍यौं’, महालक्ष्मी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई सन्तोष बरालले जानकारी दिए।

 

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाँकेको राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षीया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन्।

केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन्। एसियाली खेलकुदमा छनोट भएसँगै उनी काठमाडौंमै बस्दै आएकी हुन्।