‘केपी ओली अब कीर्ते प्रसाद ओली,राष्ट्रपति गुटपती’: गगन थापा

0
Gagan_Thapa_ final

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले केपी ओली अब कीर्तेप्रसाद ओली भएको बताएका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको विरोध सभामा नेता थापाले यस्तो बताएका हुन्।

थापाले भने, केपी ओली अब किर्ते प्रसाद ओली हो,उनले भने, ‘सुवास नेम्वाङले संविधान नै बिर्सिनु भयो। राष्ट्रपति अब गुटपति हुनुभयो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको पत्र नै नक्कली तयार गरेको भन्दै नेता थापाले ओलीले कीर्ते काम गरेको आरोप लगाएका हुन्।

शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै रमण श्रेष्ठले सार्वजनिक गरेको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख थियो। उक्त पत्रमा मुख्यसचिव शंकरदास बैरागीले हस्ताक्षर गरेका छन्।

तर प्रधानमन्त्री ओलीले पनि छुट्टै पत्र पठाएको शुक्रबार नै सार्वजनिक भएको थियो। ओलीको पत्रमा संविधानको धारा ७६ र ८५ उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed