Banking Khabar
अदालत

कोरोना संक्रमणका कारण न्यायाधीशहरु होम आईसोलेसनमा बसेपछी संवैधानिक इजलास नै बस्न सकेन्

shilalekha
shilalekha
प्रकाशित: October 7, 2020
October 7, 2020
सेयर:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष रहनुभएका वामदेम गौतम विरुद्द सर्वोच्चमा परेको मुद्धा दशैपछि नै  टुगिंने भएको छ ।
सरकारले राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएको विषयमा परेको मुद्दाको सुनुवाई यसअघि हेर्दा हेर्दै राखेर आज बुधबार लागि सो सुनुवाई तोकिएको थियो।
तर सर्बोच्च अदलातका न्यायाधीश सहित कर्मचारीहरुमा कोरोना देखिएपछि सबैधानिक ईजालासमा रहेका अधिकांस न्यायाधीशहरु होम आईसोलेसनमा रहेका छन् । जसका कारण आज ईजालस नै नतोकिएका सर्वोच्चका रजिस्टार भद्रकाली पा्खरेलले जानकारी दिनुभयो ।

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा छन् । सबैधानिक ईजालास सामन्यतया सातामा बुधबार र शुक्रबार दुईपटक मात्र बस्ने चलन छ।

न्यायाधीशहरु होम आईसोलेसनमा रहेकाबीचमा नै अदालतमा दशंैको बिदा शुरु हुने छ । यस हिसाबले गौतमको मुद्धामा यस्तै अवस्था रहे दशै र तिहारका लागि सर्ने निश्चित जस्तै रहेको छ ।