Banking Khabar
खेलकुद

क्यानले सोमपाललाई कारबाही गर्यो, यस्तो छ कारण

shilalekha
shilalekha
प्रकाशित: March 12, 2021
March 12, 2021
सेयर:

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ।

बागमती प्रदेशविरुद्धको खेलमा अभद्र व्यवहार गरेको आरोपमा आर्मीका सोमपाल कारबाहीमा परेका हुन्।

बागमतीविरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबिनको क्रममा दोषी पाइएको नेपाल क्रिकेट संघले जनाएको छ।

सोमपाललाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अंक घटाउनुका साथै चेतावनी दिइएको क्यानले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिव्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ।

काठमाडौं मेयर्स कप क्रिकेटको बागमती र त्रिभुवन आर्मी क्लबबीचको स्पर्धामा म्याच रेफ्री रहेका समीर खानले कारबाहीबारे जानकारी गराएका हुन्।