Banking Khabar
खेलकुद

क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइदै

shilalekha
shilalekha
प्रकाशित: September 14, 2020
September 14, 2020
सेयर:

काठमाण्डौं । मोटरसाइकल दुर्घटनामा परि घाइते हुनुभएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ।

आईतबार सवारी दुर्घटनामा घाईते भएका राष्ट्रिय क्रिकेटर ललितको थप उपचारका लागि काठमाण्डौंको ग्रान्डी अस्पताल ल्याउन लागिएको हो ।  ट्रकको ठक्करबाट घाइते भएका ललितलाई सुरुमा धनगढीको निसर्ग अस्पताल र त्यसपछि कोहलपुर शिक्षण अस्पताल लगिएको थियो ।

चिन्ताजनक अवस्थामा धनगढीबाट आईतबार रातिनै कोहलपुर पुर्याईएका ललितको सिटी स्क्यान रिर्पोट तथा अन्य चोटको रिपोर्टका आधारमा ग्रान्डी रेफर गरिएको हो ।कोहलपुरको शिक्षण अस्पतालमा उपचारत उहाँको दायाँ खुट्टा र दायाँ हातको नाडीमामा फ्र्याक्चर भएको अस्पतालले जनाएको छ ।

उहाँको हात र खुट्टाको हड्डी भाँचिएको छ, जसको अपरेसन गर्नका लागि कोहलपुरबाट ग्रान्डी लैजान भनेका हौं’, अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार वर्तमान स्थिती स्थिर तथा सुधारोन्मुख छ ।

धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र ललित सवार म २ प ४७०५ नम्बरको मोटरसाइकल झलारी बजारमा आईतबार एकआपसमा जुधेर दुर्घटना भएको थियो ।