गठबन्धनलाई पराजित गर्दै दाङको तुलसीपुरमा एमाले विजयी

0
Tika-Ram-Khdka-and-sanyi-Chaudhary_-Tulsipur-1024x556

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै उपमहानगरको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन्।

प्रमुखमा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्का ३१ हजार ४०८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २७ हजार ७१७ मत प्राप्त गरे। मेयरमा निर्वाचित खड्काले गिरीभन्दा ३ हजार ६९१ मत बढी प्राप्त गरे।

उपप्रमुखमा पनि नेकपा एमालेका उम्मेदवार स्यानी चौधरी निर्वाचित भएकी छन्। उनले ३० हजार ५९७ मत प्राप्त गरिन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१ हजार ६५ मत प्राप्त गरे। मगर भन्दा चौधरीले ९ हजार ५३२ मत बढी प्राप्त गरिन्।

१९ वडा रहेको उक्त उपमहानगरमा नेकपा एमालेले बहुमत १० वडामा जित हासिल गरेको छ। नेपाली कांग्रेसले ५, नेकपा माओवादी केन्द्रले ३ र स्वतन्त्र उम्मेदवारले १ वडामा जित हासिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed