Banking Khabar
अदालत

गोंगबु हत्याकाण्डः योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै मुख्य अभियुक्त कल्पनाविरुद्ध आजीवन जन्मकैदको माग

shilalekha
shilalekha
प्रकाशित: September 2, 2020
September 2, 2020
सेयर:

काठमाडौं । गोंगबुमा रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न मुख्य अभियुक्त कल्पना मुडभरी पौडेलविरुद्ध प्रहरीले आजीवन जन्मकैदको मागदाबी गरेको छ।
घटनाको करिब २० दिनपछि अनुसन्धान टुंग्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौंले कल्पनाविरुद्ध जन्मकैदको मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । कृष्णबहादुरको हत्या योजनाबद्ध तरिकाले भएको निष्कर्ष निकाल्दै प्रहरीले जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरीएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

कृष्णबहादुरको हत्या कल्पनाले नै गरेको हो भन्ने उनको बयान तथा सबुत प्रमाणबाट पुष्टि भएको प्रवक्ता राठोरको भनाइ छ । सोही आधारमा अदालतसमक्ष कल्पनाविरुद्ध जन्मकैदको माग दाबी गरिएको बताउनुभयो । कल्पनाले पहिले दहीमा स्लिपिङ ट्याब्लेट मिसाइ कृष्णबहादुर लठ्ठ भएपछि ह्यामरले अण्डकोषमा प्रहार गरेको बयान दिएको पवक्ता राठौरको भनाइ छ ।

कृष्णलाई मासु, चिउरा, निन्द्रा लाग्ने ट्याब्लेट मिसाएर दही तथा रक्सी खान दिनु, शव व्यवस्थापनका लागि दाम्लोको पहिले नै व्यवस्था गर्नुले हत्या योजनाबद्ध भएको निष्कर्ष प्रहरीले निकालेको छ।

कल्पनाले आफ्नो नामबाट नक्कली फेसबुक आईडी बनाएर कृष्णले चरित्र हत्या गरेकोले उनको हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन् । कल्पनासँगै उनकी १५ वर्षीया छोरीविरुद्ध पनि प्रहरीले मुद्दा दायर गर्दै सजायको माग गरेको छ। कृष्णको शव व्यवस्थापनमा छोरीले कल्पनालाई सघाएको खुलेको थियो।

साउन २५ गते राति कल्पनाले आफ्नै कोठामा कृष्णको हत्या गरी टाउको नभएको शव गोंगबुमा रहेको गणेश मन्दिर नजिकै फालेको अवस्थामा भेटिएको थियो। टाउको र खुट्टा भने केही पर भेटिएको थियो। उक्त मुद्दाको काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।