टाउको र शरीर काटिएको अवस्थामा पुरूषको शव फेला

0
death

जनकपुरधाम । सर्लाहीमा टाउको र शरीर काटिएको अवस्थामा एक पुरूष शव फेला परेको छ । नेपाल प्रहरीले टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला पारेको हो ।

प्रहरीले बिहीबार आज बिहान सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला पारेको हो ।

रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed