तीन सय बढि पत्रकारले लगाए कोरोनाविरुद्धको खोप, अब खोप लगाउन विभागको परिचयपत्र नचाहिने

0
vaccine-anticovin

काठमाडौं । मंगलबारसम्म तीन सय बढि पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । आइतबार सरकारले सञ्चारकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

सोहि अनुरुप मंगलबारसम्म ३०० बढि पत्रकारलाई उक्त खोप लगाइएको हो । अब पत्रकारलाई खोप लगाउन सूचना तथा प्रसारण विभागको परिचयपत्र अनिवार्य नहुने भएको छ ।

यसअघि सूचना विभागको परिचयपत्र अनिवार्य गरिएकोमा अब सूचना विभाग वा नेपाल पत्रकार महासंघ दुईमध्ये कुनै एकको परिचयपत्रको आधारमा खोप लगाउन पाउने भएको छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत कुमार थापाले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै दुईमध्ये कुनै एक परिचयपत्रको आधारमा खोप लगाउन व्यवस्था मिलाउन आग्रह गरेपछि मन्त्रालयले सूचना विभाग वा महासंघको परिचयको आधारमा खोप लगाउने व्यवस्था गरेको हो ।

सोमबारदेखि पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा खोप दिन थालिएको छ । खोप शुक्रबारसम्म सञ्चालन हुने छ । अहिलेसम्म करिब ३०० भन्दा बढी पत्रकारले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed