Banking Khabar
कला-साहित्य

नेपाली नयाँवर्ष २०८० को अवसरमा अमेरीकाको सिकागोमा सांगीतिक साँझ हुदै

shilalekha
shilalekha
प्रकाशित: April 7, 2023
April 7, 2023
सेयर:

सिकागो। नेपाली नयाँ वर्ष २०८० को अवसरमा अमेरीकाको सिकागो शहरमा सांगितिक साँझ आयोजना हुने भएको छ ।

सिकागोल्याड नेपाली फ्रेन्डसिप सोसाइटीको आयोजनामा सांगितिक साँझ हुन लागेको हो। सांगितिक साँझमा नेपाली लोकप्रिय गायक हेमन्त शर्माले सांगितिक प्रस्तुती दिनुहुनेछ । साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

अमेरीकामा बसरेर पनि नेपाली कला संस्कृति ,परम्परालाई प्रर्वद्धन र संरक्षण गर्नका लागि उक्त सांगीतिक कार्यक्रम आयोजना गरीएको संस्थाका महासचिव विजेन्द्र विक्रम राणाले जानकारी दिनुभयो ।

सांगीतिक साँझमा गायक हेमन्त शर्माले आफ्ना चर्चित गीतहरु थाप न थाप हातैमा, नतेजाबि सुन हो माया न हो छापवाल , मुल हौ भने रसाइदेउ जस्ता सुपर हिट गीतले सांगितिक साँझलाई मनोरञ्जनात्क बनाउनुहुनेछ ।

कार्यक्रममा गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र स्थानिय कलाकारहरुले पनि विविध प्रस्तुति सहित सांगीतीक साँझ सो दिन अपरान्ह ४:३० बजे देखि राति ९ बजे सम्म सञ्चालन गरीनेछ ।

कार्यक्रममा संस्थाको संस्थागत विकास र सवलीकरण र संस्थाको आर्थिक उन्नतिको लागि आर्थिकसहयोग(FUND RAISING)  अभियान संचालन गरिने छ।

कार्यक्रमलाई सफल तथा भव्य बनाउन सिकागोल्याड नेपाली फ्रेन्डसिप सोसाइटीले विभिन्न नेपाली संघसंगठन, सामाजिक संस्था,समाजसेवी, व्यवसायी, पत्रकार लगायत अमेरिकाको सिकागोमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई अपिल समेत गरेको छ ।

सांगीतिक साँझ कार्यक्रम ०९ अप्रिल २०२३ आइतबार, 2448 W Devon Ave सिकागो बम्बई हलमा हुने छ ।