Banking Khabar
अर्थतन्त्र

१९औं‘श्रृजनशील उद्यमी मेला २०७९’ काठमाडौंमा साउन २७ देखि ३१ सम्म आयोजना हुदै

shilalekha
shilalekha
प्रकाशित: August 2, 2022
August 2, 2022
सेयर:

काठमाडौं । काठमाडौंमा यही साउन २७ देखि ३१ सम्म हरितालिका तिजको अवसरमा १९ औं ‘तिज फेस्टिवल -श्रृजनशील उद्यमी मेला २०७९’ आयोजना हुने भएको छ ।

मंगलबार वल्र्ड वर्ल्ड ट्रेड सेन्टरमा एक पत्रकार सम्मेलनको आयोजना गरी उद्यमी मेलाको बारेमा जानकारी दिइएको हो ।

महिला श्रृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपला प्रालिको इभेन्ट संसार डट कमको व्यवस्थापनमा उक्त प्रदर्शनी हुन लागेको हो । महिला उद्यमशीलता विकासमा प्रवर्द्धन गर्ने उद्धेश्यले स्टाटप उद्यमी बन्ने महिला र उद्यमशिल महिलाका लागि उत्पादन गरेका सामाग्रीको प्रवद्धनका लागि उक्त प्रदर्शनी हुन लागेको महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताउनुभयो ।

साउन २७ देखि ३१ सम्म पाँच दिन हुने मेलाको तयारी स्वरुप अहिले स्टल बुकिङको काम भइरहेको छ । १ सय भन्दा बढी स्टल राखिने अपेक्षा आयोजकले गरेको छ ।

महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवम् ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध विस्तार गर्ने मेलाको उद्धेश्य रहेको मेलाका आयोजक केन्द्रकी अध्यक्ष मिलु थापाले बताउनुभयो ।

मेलामा काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिकाका साथै चन्द्रागिरी नगरपालिकाका महिलाले उत्पादन गरेका विभिनन घरेलु तथा हस्तकलाका सामाग्री प्रदर्शनीमा राखिनेछ ।

काठमाडौंको वर्ल्ड ट्रेड सेन्टरमा आयोजना हुने मेलामा घरेलु तथा हस्तकलाका सामाग्री, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशिलता र वित्तिय पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रम, निशुल्क स्वास्थय शिविर, पोटो सुट, मेहेन्दी आर्ट र हात खाली नजाने विशेष उपहारहरु पनि राखिएको छ । यस्तै मेलामा १० वटा भन्दा बढी अशाय, अशक्त,आपाङग र ग्रामिण क्षेत्रका महिलाका स्टल निशुल्क राखिने छ ।