Banking Khabar
खेलकुद

पाण्ड्याले बनाए शानदार शतक

shilalekha
shilalekha
प्रकाशित: February 26, 2021
February 26, 2021
सेयर:

काठमाडौं । भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय प्रतियोगिताअन्तर्गत बडोदाले छत्तीसगढ़लाई ३३३ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको बडोदाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३३२ रन बनायो। उसका लागि भारतीय टिमबाट बाहिरिएका क्रुणाल पाण्ड्याले शानदार ब्याटिङ गरे।

उनले १०० बलमा २० चौका र ३ छक्काको मद्दतमा सर्वाधिक नटआउट १३३ को शतकीय पारी खेले। छैठौं नम्बरको ब्याटिङ गर्न आएका पाण्ड्याले आक्रमक इनिङ्स खेलेका हुन्।

जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो। उनले यसअघि त्रिपुराविरुद्ध १२७ रन बनाएका थिए।

यस्तै, बडोदाका विष्णु सोलंकीले ७८, अतित सेठले अविजित ५१, प्रदीप यादवले ३२, समित पटेलले १३ र केदार देवधरले १२ रनको योगदान दिए।

चौथो विकेटका लागि पाण्ड्या र सोलंकीबीच १३९ रनको साझेदारी भएको थियो। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा सौरभ मजुमदार र शशांक सिंहले २–२ तथा अजय मण्डल र वीर प्रताप सिंह १–१ विकेट लिए।