Banking Khabar
बीमा

पूनर्बीमा भनेको के हो ?

shilalekha
shilalekha
प्रकाशित: March 30, 2021
March 30, 2021
सेयर:

काठमाडौं । बीमा व्यवसाय जोखिमहरुलाई व्यवस्थापन गरी आर्थिक भार वितरण गर्ने प्रणालीयुक्त व्यवसाय हो । बिमक विमितबाट पेस भएको बीमा प्रस्तावहरुको स्वीकार गरेर बीमा व्यवसाय सञ्चालन गर्दछ ।

बिमकले विभिन्न करार बमोजिम (बीमालेख बमोजिम) सकारेको जोखिमको भार आफ्नो आर्थिक क्षमताअनुरुप कुनै एक वा एकभन्दा बढीको कारोबारको समुह पर्न सक्ने अनुमानित क्षति यकिन गरी पर्न सक्ने बढी क्षतिको भार व्यवस्थापन गर्ने कार्य पुनर्बीमा हो । शुरुमा करार गर्ने बिमितले बीमा शुल्क बुझाइजस्तै बिमकले अर्को बिमकसँग बीमा गर्दा पुनर्बीमाशुल्क बुझाई जोखिम हस्तान्तरण गर्ने कार्य नै पुनर्बीमा हो ।

पुनर्बीमा व्यवसाय मात्र गर्ने बीमा कम्पनीलाई पुनर्बीमक भनिन्छ । मूल बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच हुने करारलाई पुनर्बीमा करार भनिन्छ । बीमा गराउने बीमकलाई मूल(Ceding)कम्पनी भनिन्छ भने पुनर्बीमा गर्ने कम्पनीलाई पुनर्बीमक (Reinsurer) भनिन्छ ।

पुनर्बीमा गर्ने कार्य बीमा कम्पनी बीच पनि हुनसक्छ । हाल नेपाली बीमा कम्पनीहरुले नेपालको पुनर्बीमा कम्पनी तथा विश्वका विभिन्न पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराइरहेका छन् । पुनर्बीमा गर्ने कार्य बीमाको अन्तरनिहित आवश्यक जोखिम व्यवस्थापन कार्य हो । यो कार्य विश्व बीमा बजारमा निरन्तर चलिरहने कार्य पद्दति हो ।