पूर्व जानकारीबिना बिजुली काटिए तुरुन्त खबर गर्नुहोस् :ऊर्जा मन्त्रालय

0
urja_mantralaya

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूर्वजानकारीविना विद्युत सेवा नियमित नभए तत्काल खबर गर्न आग्रह गरेको छ।

पूर्वजानकारी विना विद्युत सेवा नियमित नभए ऊर्जामन्त्री वर्षमान पुनको सचिवालय या विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा खबर गर्न मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले फेसबुकमार्फत् आग्रह गर्नुभएको छ । उहाँले त्यसका लागि मन्त्रीको सचिवालयको हटलाइन नम्बर ११५१ या ९८५११०९८३५ नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटीलगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो। उक्त सूचनाले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै आम मानिस फेरि लोडसेडिङ सुरु हुने हो कि भन्ने चिन्तामा देखिन्छन्।

दैनिक १६ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेर आम मानिसको मन जितेका घिसिङलाई दोस्रो कार्यकाल पनि प्राधिकरणमा जिम्मेवारी दिनुपर्ने माग चर्को रुपमा उठिरहेको छ। उनको पक्षमा सडकमा समेत प्रर्दशन भइरहेको छ।

घिसिङको बगिरगमनसँगै प्राविधिक कारणले विजुली जाँदासमेत आम मानिसले लोडसेडिङ सुरु भएको आशंका व्यक्त गरिरहँदा ऊर्जा , मन्त्रालयले पूर्वजानकारी विना आफ्नो क्षेत्रमा बत्ती गएमा तुरुन्त मन्त्रालय वा प्राधिकरणमा जानकारी गराउन आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed