Banking Khabar
अदालत

प्रहरी पेट्रोल पम्पमा कार्यरत असईविरुद्ध एक करोड बढी बिगो दावीसहित मुद्दा दर्ता

shilalekha
shilalekha
प्रकाशित: August 15, 2021
August 15, 2021
सेयर:

काठमाडौं । प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। कार्कीले हुँदै नभएको कारोबारको आधारमा असुली देखाएर रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

त्यसपछि कार्कीले पेट्रोल पम्पमा कार्यरत रहँदा उनले बिक्री गरेको तेलको रकमबाट १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको थियो। १ करोडभन्दा बढी हिनामिना गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।