बर्दिया राष्ट्रिय निकुञ्जमा राति ८ बजेपछि मोटरसाईकल र साईकलमा यात्रा गर्न प्रतिबन्ध

0
bardiya national park

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ।

शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीले भन्नुभयो, ‘मैले निकुञ्ज प्रशासनलाई फोन गरि आजै बेलुकादेखि मोटरसाईकल, साईकल र अटो रिक्सा चलाउन रोक लगाउनू भन्ने आदेश गरिसकेँ,’ ‘त्यो बाहेकको समयमा पनि आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन दिएको छु।’
दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न नदिने र सवारी चालकहरू दशवटा जम्मा भएपछि मात्रै यात्रा गर्न दिने नियम लागू गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

मोटरसाईलकमा सवार महिलालाई बाघले झम्टिएर मारेपछि मानवीय सुरक्षाको दृष्टिकोणले त्यस्तो नियम लागू गर्नुपरेको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed