बलात्कार आरोपी एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

0
mohan baniya1646555371

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन्।

जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो। तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन्।

जुम्लाकी ४० वर्षीया महिलाले बानियाँले बाँकेस्थित होटल अप्सरामा आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएको र त्यहीँ बास बस्न लगाएर बिहानीपख जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख रहेको प्रहरी बताउँछ।

बानियाँमाथि अभियोग लागेपछि उनलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed