बाघको छालासहित एक युवा पक्राउ

0
crime

लमजुङ । लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनले भने, “बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ताअघिदेखि ग्राहक बनेर ती युवालाई पक्राउ गर्न सफल भयौँ ।’’ ती युवालाई सोमबार राति घरमै रहेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

गुरुङलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि आज डिभिजन वन कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पुनको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार सो घटनासम्बन्धी अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानूनी कारवाही हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed