Banking Khabar
शेयर

बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्स कम्पनीले साढे १४ लाख कित्ता आइपीओ ल्याउँदै

shilalekha
shilalekha
प्रकाशित: March 10, 2021
March 10, 2021
सेयर:

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ विधि मार्फत आइपीओ बिक्रीमा ल्याउने भएको छ। कम्पनीले १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापीटललाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापीटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

२०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भइ सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो यस स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता शेयरमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

४ हजार ३०० भन्दा धेरैे जनालाई रोजगार दिन सफल रहेको यस कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहबी र खनारमा रहेको छ । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

कम्पनीले उद्योगबाट उत्पादित वस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठूलो परिमाणमा निर्यात गर्ने गरेको छ ।