Banking Khabar
खेलकुद

बुधबारदेखि भारत र इंग्ल्याण्डबीचको तेस्रो टेष्ट सुरु, यस्तो छ सम्भावित प्लेइङ–११

shilalekha
shilalekha
प्रकाशित: February 23, 2021
February 23, 2021
सेयर:

काठमाडौं ।भारत र इंग्ल्याण्डबीचको चार म्याचको टेष्ट सिरिजअन्तर्गत तेस्रो खेल बुधबार (भोलि) देखि सुरु हुँदैछ। जुन डे–नाइट टेष्ट म्याच हुनेछ।

उक्त म्याच अहमदाबादमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ। पिंक बल टेष्ट हुने भएकाले दुवै टिमले प्लेइङ–११ मा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ।

भारतको बारेमा कुरा गर्दा ब्याटिङ क्रममा कुनै परिवर्तन हुने छैन तर टोलीले बलिङमा परिवर्तन गर्न सक्छ।

भारतले दोस्रो टेष्टमा विश्राम दिइएका जसप्रीत बुमराहलाई प्लेइङ–११ मा समावेश गर्न सक्ने सम्भावना बलियो छ।

यसबाहेक यदि टिम तीन फस्ट बलर खेलाउन चाहेमा कुलदीप यादव बाहिरिनेछन्।

कोलकातामा भएको पिंक बल टेष्ट म्याचमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय टिमले जसप्रीत बुमराह, इशान्त शर्मा र उमेश यादवलाई प्लेइङ–११ मा समावेश गर्नेछ।

भारतले शुमन गिल र रोहित शर्माको जोडीलाई ओपनिङमा पाउनेछ। गिलले राम्रो सुरुवात पाएपछि आफूलाई प्रमाणित गर्ने मौका पाउनेछ। तर, उनले ठूलो स्कोर बनाउन सकिरहेका छैनन्।

टोलीले शर्माबाट ठूलो इनिङ्सको अपेक्षा गरेको छ। चेतेश्वर पुजारा, कप्तान विराट कोहली र अजिंक्य रहाणे क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा ब्याटिङ गर्न आउनेछन्। ऋषभ पन्तले फेरि विकेटकीपरको रूपमा मौका पाउने छन्।

स्पिन बलिङमा अक्षर पटेल र रविचन्द्र अश्विनले अवसर पाउने छन्। फास्ट बलिङमा बुमराह, उमेश र इशान्त हुनेछन्।

यता, इंग्ल्याण्डले प्लेइङ–११ मा ओपनिङ जोडीमा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ। पाहुना टोली इंग्ल्याण्डले पनि तीन फास्ट बलर खेलाउन सक्छ। जसमा जेम्स एन्डरसन, स्टुअर्ट ब्रोर्ड र जोफ्रा आर्चर छन्।

रोरी बर्न्सको ठाउँमा ज्याक क्रोलीले मौका पाउन सम्भावना रहेको छ। यसका साथै जोनी बेयरस्टोले पनि मौका पाउन सक्छन्।

पहिलो खेलमा २ सय १७ रनको फराकिलो हार ब्यहोरेको भारतले दोस्रो टेष्टमा भने उत्कृष्ट पुनरागमन गरेको थियो। उसले दोस्रो टेष्टमा इंग्ल्याण्डलाई ३ सय १७ रनले हराएको थियो। सिरिजको पहिलो दुई टेष्ट चेन्नईमा भएका थिए।

भारतको सम्भावित प्लेइङ–११ 

रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), आर अश्विन, अक्षर पटेल, उमेश यादव, इशान्त शर्मा र जसप्रीत बुमराह।

इंग्ल्याण्डको सम्भावित प्लेइङ–११

जोनी बेयरस्टो, ज्याक क्रोली, डोम सिब्ली, जो रूट (कप्तान), ओली पोप, बेन फक्स (विकेटकीपर), डोमिनिक बेस, ज्याक लिच, जेम्स एन्डरसन, जोफ्रा आर्चर र स्टुअर्ट ब्रोर्ड।