Banking Khabar
प्रदेश

बैजनाथ उपाध्यक्षकी उम्मेदवार रोकायको बाचा :’श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउनेछु’

shilalekha
shilalekha
प्रकाशित: May 1, 2022
May 1, 2022
सेयर:

कोहलपुर । नेपाली कांग्रेस बैजनाथ गााउपालिकाकी उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताएकी छिन्।

आइतवार बैजनाथ -७ पेरारीमा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै रोकाययले पालिकाका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताइन्।

‘श्रमिक महिला दिदीबहिनीहरुको, श्रमिकहरुको मुद्दा यहाँ जति सुनुवाई हुनुपर्ने हो राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन। त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ र मैले बोल्दै आइरहेको पनि छु,’ उनले भनिन्, ‘बैजनाथ पालिकामा कति दिदीबहिनीहरु बेरोजगार हुनुहुन्छ, दाजुभाईहरु बेरोजगार हुनुहुन्छ। उहाँहरुको राज्यले सुनुवाई भएको छैन।’

रोकायले महिलाहरुले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भए पनि राज्यले श्रमको मुल्यांकन नगरेको बताइन्। उनले आफु बैजनाथको उपाध्यक्ष भएको खण्डमा गरिबीको रेखा मुनि रहेको श्रमिक महिलाहरुको निम्ति विशेष राहत योजना ल्याउने वाचा गरिन्।

‘अफिसमा काम गर्नेलाई मात्रै काम भनेर हाम्रो राज्यले तोकेको छ। घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मुल्यांकन भएको छैन,’ उनले भनिन्।

त्यसैगरी बेरोजगार युवाहरुका लागि विभिन्न सिपमुलक तालिक दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन्। उनले आसन्न स्थानीय तह निर्वाचनमा महिलाको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएकी छिन्।