Banking Khabar
खेलकुद

भारतलाई तेस्रो झट्का, सस्तैमा आउट भए विराट

shilalekha
shilalekha
प्रकाशित: March 18, 2021
March 18, 2021
सेयर:

काठमाडौं ।इंग्ल्याण्डसँगको टी–२० सिरिजको चौथो खेलमा भारतले खराब सुरुवात गरेको छ। उसले सस्तैमा एक विकेट गुमाएको छ। टस हरेर ब्याटिङ थालेको भारतले पहिलो विकेटको रुपमा रोहित शर्मालाइ गुमाएको हो ।

रोहित शर्मा १२ बलमा १२ रन बनाएर आउट भएका छन् । दोस्रो बिकेटको रुपमा केएल आउट भएका छन् ।उनलाइ इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले आउट गरेका हुन् ।

चौथो म्याचमा भारतले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ। उसले इशान किशनको स्थानमा सूर्यकुमार यादव युजवेन्द्र चहलको ठाउँमा राहुल चहरलाई खेलाएको छ।

सूर्यकुमार यादव

इंग्ल्याण्डले प्लेइङ–११ मा आज कुनै परिवर्तन गरेको छैन। तेस्रो म्याचकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ।

यो सिरिजमा अहिलेसम्म टसको भूमिका महत्वपूर्ण रहँदै आएको छ। तीन खेलमा पहिले ब्याटिङ गर्ने टीम पराजित भएको छ। भारतले पहिलो र तेस्रो टी–२० मा टस हारेर पहिले ब्याटिङ गरेको थियो।

भारतले पहिलोमा १२४/७ तथा तेस्रोमा १५६/६ को स्कोर तयार गरेको थियो। जहाँ दोस्रो म्याचमा टस हारेर इंग्ल्याण्डले १६४र६ को स्कोर जोडेको थियो।

आज पहिले ब्याटिङ गर्ने टीमले १८० रनभन्दा धेरै जोड्नुपर्छ। तर, जितको ग्यारेन्टी भने हुनेछैन। किनकि, रातको ओसमा ब्याटिङ सहज हुने भएकाले दोस्रो टिमका लागि स्वभाविक राहत मिल्ने छ।