Banking Khabar
खेलकुद

भारतविरुद्ध इंग्ल्याण्डले जित्यो टस, यी खेलाडीले पाए मौका

shilalekha
shilalekha
प्रकाशित: March 12, 2021
March 12, 2021
सेयर:

काठमाडौं । भारतविरुद्धको टी–२० सिरिजअन्तर्गतको पहिलो म्याचमा इंग्ल्याण्डले टस जितेर बलिङ राजेको छ।

पहिलो म्याच नेपाली समयअनुसार साँझ ७स्१५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ।

भारतको लागि केएल राहुल र शिखर धवनले ओपनिङ गर्नेछन्। रोहित शर्मालाई पहिलो दुई खेलका लागि आराम दिइएको छ।

दुवै टिमले टेष्ट सिरिजपछि ५ म्याचको टी–२० सिरिज पनि खेल्न लागेका हुन्।

टेष्ट सिरिजमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई हराएको थियो। इंग्ल्याण्डविरुद्धको टेष्ट शानदार जित पश्चात भारतीय टिम झन् मजबुद बनेको छ।

टेष्ट सिरिज खेलेका केही खेलाडी स्वदेश फर्किएका कारण टी–२० सिरिजमा इंग्ल्याण्डको टिममा केही नयाँ खेलाडी देखिनेछन्।

इंग्ल्याण्ड टिम टी–२० सिरिजमा सर्वाधिक सफल टिम मानिन्छ। टिममा उत्कृष्ट बलर तथा ब्याट्सम्यान भएको कारण म्याच रोमाञ्चक हुने आकलन गरिएको छ।

टेष्ट सिरिजमा लज्जास्पद हार व्यहोरेको इंग्ल्याण्डलाई भारतमाथि यो बदला लिने मौका छ। भारत टी–२० सिरिजमा पनि इंग्ल्याण्डला हराएर सिरिज आफ्नो पक्षमा कब्जा गर्न चाहन्छ।

पछिल्लो पाँच खेलमा भारतविरुद्ध इंग्ल्याण्ड एक खेलमा मात्र विजयी भएको छ।

इंग्ल्याण्डको प्लेइङ–११

जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनी बेयरिस्टो, बेन स्टोक्स, इयोन मोर्गन (कप्तान), साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर, मार्क वुड र आदिल रशीद।

भारतको प्लेइङ–११

शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेन्द्र चहल