Banking Khabar
खेलकुद

भारत–इंग्ल्याण्डको तेस्रो टी–२० खेल आज, यस्तो छ दुवैको सम्भावित प्लेइङ–११

shilalekha
shilalekha
प्रकाशित: March 16, 2021
March 16, 2021
सेयर:

काठमाडौं । भारत र इंग्ल्याण्डबीचको पाँच म्याचको टी–२० सिरिजअन्तर्गत तेस्रो खेल आज हुँदैछ। उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ।

तेस्रो म्याच खेल बिनादर्शक खेलाइने भएको छ। यसअघिका खेलमा मैदानमा दर्शकलाई प्रवेश गराइएपनि अब भने बाँकीका तीन खेल दर्शकले घरमै बसेर टीभी सेटमा हेर्नुपर्ने छ।

गुजरातमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँको राज्य सरकारले स्टेडियममा दर्शकको प्रवेश रोक लगाएको छ। गुजरातमा पछिल्लो २४ घण्टामा कोरोनाका ९ सय संक्रमित थपिएका छन्।

पाँच खेलको सिरिजमा पहिले खेल इंग्ल्याण्डले जितेको थियो भने दोस्रो खेलमा भारतले जित हाँसिल गरेको थियो। अन्य खेल १८ र २० मार्चमा हुनेछन्।

टी–२० सिरिजपछि दुवै टोलीबीच एकदिवसीय सिरिज पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुनेछ। त्यहाँ पनि कोरोना संक्रमणको दर देशभरमै उच्च रहेकाले दर्शक प्रवेशमा निषेध हुनसक्ने सम्भावना छ।

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मारकेएल राहुल, इशान किशन, विराट कोहली (कप्तान), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेन्द्र चहल ।