राष्ट्र बैंकले गर्यो ४ वाणिज्य बैंकलाई कारवाही, यस्तो छ कारण ?

0
The-Nepal-Ra

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियम उल्लंघन गर्ने चार बैंकहरुलाई कारवाहि गरेको हो ।

कारवाहीमा पर्नेमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै यी बैंकहरुलाई जरिवानासहित कारवाही गरेको हो ।

राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पत्रमार्फत् सचेत गराएको छ । त्यस्तै, लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई नगद जरिवाना गराएको छ ।

राष्ट्र बैंकका अनुसार स्ट्यान्डर्ड चाटर्डले पुष मसान्तसम्म प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगर्दा ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना तिरेको छ ।

बैंकलाई राष्ट्र बैंकले पुनः कर्जा प्रवाह गर्दा आवश्यक कागजात पुरा नलिएर कर्जा प्रवाह गरेकोमा सचेतसमेत गराएको राष्ट्र बैंकका सह प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।

त्यसैगरी लक्ष्मी बैंकलाई सम्पती शुद्धिकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आवको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले सरकारको खातामा पठाउनु पर्ने पैसा समयमा नै नपठाएपछि राष्ट्र बैंकले सचेत गराएको छ।

साथै, ग्लोबल आइएमई बैंकले राष्ट्र बैंकले तोकेअनुसार कर्जा प्रवाह गर्दा कर चुक्ता गरेको प्रमाणपत्र नलिइकनै कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई आगामी दिनमा सो कार्य नगर्न सचेत गराइएको उनले जानकारी दिए ।

फाइनान्सियल पेनाल्टी भन्दा पनि सुर्धिनको लागि पहिले सचेतपत्र पठाउने गरेको पोखरेलले बताए ।

‘सचेतपत्र थमाउदा पनि बैंकहरु करेक्सन भएन भने फाइनान्सीयल पेनाल्टी तर्फ उन्मूख हुन्छौं ।’ उनले भने, ‘एकैचोटी फाइनान्सीयल पेनाल्टी लगाउनु भन्दा करेक्सनको लागि पहिले सचेतपत्र पठाउने गरेका छौं ।’

राष्ट्र बैंकले तोकेको प्राइरोटी लेन्डिङ सेक्टरमा तोकेको सिलिङ नपुराउदा जति अपुग छ सोही अनुरुप हर्जना लगाइने गरेको पोखरेलले बताए ।

राष्ट्र बैंकले तोकेको अनुरुप विपन्न कर्जा र प्राथमिक कर्जा सिलिङ पुर्याउन नसक्दा बेला बेलामा बैंकहरु कारवाहीमा पर्ने गरेको छन्

‘एक किसिमको कारवाहीमा पर्दा पनि कम्पलाइन्स नगरेकाले कारवाही गर्नु पर्यो तर, उहाँहरुको डिपाट सेक्टर लेन्डिङ र प्राइरोटी सेक्टर लेन्डिङ जुन राष्ट्र बैंकले तोके अनुरुप काम गर्न एथेस्ट ब्रान्च नभएको हो । उनले भने, ‘ त्यसकारण राष्ट्र बैंकले तोकेको सिमा अनुरुप लगानी गर्न नसकेकाले हर्जना लगाइएको हो । कुनै बैंकलाई चाहिँ हर्जना लगाइएको छ भने कुनैलाई सचेत मात्र गराएको छ ।’

उनका अनुसार राष्ट्र बैंकमा टीटीआर र एसटीआर रिपोटिङ गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको एफआईभीमा थ्रस होल्ड ट्रान्जेक्सन रिपोर्टिङ र सस्टिसीयस ट्रान्जेक्सन गर्नुपर्ने हुन्छ ।

यस्तो किसीमको रिपोर्टिङ नगरेको कारण केही बैंकलाई कारवाही गरिएको हो । कहिले सानो तिनो रिपोर्ट गर्न छुटेको छण्डमा राष्ट्र बैंकले सचेत रेगुलर रिपोटिङ गर्नुपर्छ भन्ने उद्देश्यले सचेत गराउने गरेको छ ।

तर, ठूलो गल पेमेन्ट आयो कर्मचारीले काम गर्ने क्रममा झुकिएर बिर्सिएर नगरेको रहेछ भने ठूलो रकम छ भने इएमएलसीएफटी क्राइटएरीया भित्र रहेर राष्ट्र बैंकले फाइनान्सीयल पेनाल्टी लाउन सक्थेय तर सानोतिनो रकम क्रस गर्दा रिपोर्टिङ नगरेकाले अहिले बैंकहरु कारवाहिमा पर्ने गरेका छन्।

टीएमएल सीएफटीको इस्यू भनेको अन्तर्राष्ट्रिय किसिमको हुन्छ । त्यसकारण भोली हामि ब्लयाकलिस्टेड भयौ भने, एकमन्ड ग्रप, एपीजीको मेम्बर भएकाले त्यसकारण हामी ब्लयाक लिस्टेड भयौ भने हाम्रो ईन्टरनेशनल चेन बिग्रिन्छ र डोनर पाटर्नरहरुले गर्ने फन्डिङमा पनि हुदैन । त्यसकाराण यस्ता गल्तीहरुमा सरकारले कमर्परमाइज नगर्ने पोखरेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed