Banking Khabar
अर्थतन्त्र

राष्ट्र बैंकले भन्यो,’बैंकमा भिडभाड बढ्ने हुदा यसबर्ष दशैंमा नयाँ नोट सटही गर्न सक्दैनौ’

shilalekha
shilalekha
प्रकाशित: October 11, 2020
October 11, 2020
सेयर:

काठमाडौं । यस वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको थियो ।

तर, दशैं संघारमा आइपुग्दा समेत विश्वव्यापी महामारी कोभिड १९ को संक्रमण नेपालमा समेत तीव्र गतिमा बढ्दै गएको भन्दै यो वर्ष नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण बढेको भन्दै नयाँ नोट सटहीका कारण अझ बढी भिडभाड हुने भएकाले नेपाल राष्ट्र बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जनाएको छ ।