Banking Khabar
अदालत

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न रोक लगाउने उच्चको आदेश

shilalekha
shilalekha
प्रकाशित: August 11, 2020
August 11, 2020
सेयर:

काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश उच्च अदालत पाटनले गरेको छ।

भट्टलाई सिइओका रूपमा कुनै पनि काम नगर्न मंगलबार पाटनले अदालतले आदेश गरेको हो। पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।

उच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ। भट्टले नियुक्ति भई हाजिर भएकाले उक्त पदको हैसियतमा कुनै पनि निर्णय नगर्न भन्दै उच्चले रोक लगाएको हो। भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनूरनगराउनू,’ उच्चको आदेशमा उल्खेख गरीएको छ ।

उच्चले निवेदनमा उठाएको विषय सार्वजनिक महत्वको र कानुनी प्रश्नलाई दृष्टिगत गरी एमिकस क्युरी पनि माग गरेको छ। उच्च अदालत बार एसोसियसनलाई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका अर्थात अदालती सहयोगीका रुपमा पठाइदिन उच्चले भनेको छ ।