वाणिज्य बैंकहरुले फागुनमा मात्रै गरे ७० अर्ब ऋण लगानी

0
Bank

काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलनभन्दा दोब्बर ऋण लगानी गरेका छन्। नेपाल बैंकर्स एशोसियसनको तथ्याँक अनुसार गत एक सातामा बैंकहरुले १२ अर्ब निक्षेप संकलन गर्दा २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

फागुन यता नै वाणिज्य बैंकहरुले ७० अर्ब बढी कर्जा लगानी गरिसकेका छन् जबकी यस अवधिमा निक्षेप संकलन भने ३५ अर्ब रुपैयाँ मात्रै रहेको छ।

तथ्याँक अनुसार फागुन २१ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ३८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढ्दै गएपछि २७ वाणिज्य बैंकको औसत सिसिडि रेशीयो पनि ७६।५४ प्रतिशत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed