Banking Khabar
खेलकुद

प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता फागुन तेस्रो साता

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

नेपालगञ्ज ।सातौ प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता फाल्गुन २१ देखि २५ गतेसम्म हुने भएको छ ।

बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरी र प्रतियोगिताका मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी नमुनाले मंगलबार पत्रकार सम्मेलन गरेर उक्त मिति घोषणा गर्नु भएको हो ।
नेपालगञ्जको रंगशालास्थित कभर्ड हलमा हुने प्रतियोगितालाई विगतको भन्दा भब्य र सब्य बनाउने मूल आयोजक समितिका संयोजक केसीले बताउनुभयो । उहाँले पुरस्कार राशीसमेत बृद्धि गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रुपमा विकास गर्ने उद्घोष गर्नुभयो । संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लव च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्दै लगेको बताउनुभयो ।

बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ। पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति रहेको रहेको थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लव, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैठौमा पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपाली पनि भारत र बंगलादेशका क्लवलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको छ ।