Banking Khabar
अपराध

सामाजिक सञ्‍जालको पासवर्ड सुरक्षित गर्न अनुरोध

shilalekha
shilalekha
प्रकाशित: March 24, 2021
March 24, 2021
सेयर:

काठमाडौं । सामाजिक सञ्‍जालको दुरुपयोग बढ्दै गइरहेको हुँदा सामाजिक सञ्‍जालको पासवर्ड सुरक्षित गर्न प्रयोगकर्तालाई प्रहरी प्रधान कार्यालय, साइबर व्यूरो , भोटाहिटी काठमाडौले अनुरोध गरेको छ ।

व्यूरो ले बुधबार सूचना जारी गर्दै प्रयोगकर्तालाई कुनै पनि सामाजिक सञ्‍जालको पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न, सुरक्षाको लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र मल्टि फ्याक्टर्स अथेन्टिकेसन सेट गरी सुरक्षित रूपमा सामाजिक सञ्‍जालको सदुपयोग गर्न आग्रह गरेको हो ।

सूचनामा भनिएको छ, सामाजिक सञ्‍जालको सदुपयोग सँगसँगै दुरुपयोग पनि बढ्दै गइरहेको हुँदा प्रयोग गर्दै आइरहेको सामाजिक सञ्‍जालको पासवर्ड अन्य कसैले ह्याक गरी दुरुपयोग गर्नुका साथै सोही सामाजिक सञ्जाल दुरुपयोग गरी साथी भाइ आफन्तसँग रकम माग गर्ने जस्ता गतिविधि गरी अनाधिकृत पहुँच तथा ठगी गर्ने कार्यहरू बढ्दै छ ।