सिंगटी हाइड्रोले चैत ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

0
ipo59

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत ६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस ९आइएस० रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed