Banking Khabar
कृषी

२० टन युरिया मल भित्रियो

shilalekha
shilalekha
प्रकाशित: March 7, 2021
March 7, 2021
सेयर:

काठमाडौं । आइतबार चीनबाट नेपालमा २० टन युरिया मल भित्रिइएको छ । तातोपानी नाकाबाट उक्त मल आज नेपाल भित्रिइएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक

सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए ।

नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिए।

झिकाइएका मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाडौं ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने उनले बताए ।