काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बस्नुभएको देउवाका स्वकिय सचिव भानु देउवाले जनाकारी दिनुभयो ।
सचिवालयका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको जानकारी दिनुभयो ।
सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ।
बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो।
यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्।