काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङरिता शेर्पाको निधनप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ ।
आज अपराह्न ट्वीट गर्दै राष्ट्रपति भण्डारीले ‘हिमचितुवा’को निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाउनुभएको छ । दिवङ्गत शेर्पाको आत्माको चीरशान्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।
‘हिम चितुवा’का नामले प्रख्यात नेपाली पर्वतारोही आङरिता शेर्पाको असामयिक निधन भएकोमा गहिरो दुःख लागेको छ । उहाँको निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । दिवंगत शेर्पाको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु !
— Bidya Devi Bhandari (@PresidentofNP) September 21, 2020