काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गर्नुभएको छ ।
जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहनुभएको थियो । तर प्रहरीले बलजब्ती रुपमा एमबुलेन्सबाट तानेर ट्रमा सेन्टरमा लगेको थियो ।
उक्त कुराको विरोध गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले टिविटमा ‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा। केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा।केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’
यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो? डा. के सी का जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक! स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. के सी ले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!#SaveDrKC https://t.co/VAtOuX1EjL
— Baburam Bhattarai (@brb1954) September 22, 2020