काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा भ्रष्टाचार भएको प्रमाण देखाउन तयार भएको तर त्यसका लागि जनलोकपाल गठन गर्नुपर्ने बताउनुभएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बुढीगण्डकी परियोजनाबाट घुस लिएको प्रमाण सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले ट्वीटमार्फत यस्तो विकल्प अघि सार्नुभएको हो ।
बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं। सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!, भट्टराईले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढीगण्डकी परियोजनामा ९ अर्ब घुस खाएको अभिव्यक्ति दिएपछि दुवै दलले विज्ञप्ति निकाले प्रमाण पेश गर्न चुनौती दिएका छन्।
भट्टराईले भने आफूले गलत नबोलेको र छानविन हुँदा प्रमाण पेश गर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ ।
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ! pic.twitter.com/WbWX664bzQ
— Baburam Bhattarai (@brb1954) October 14, 2020