गजल
काख रित्तिएकी आमा रोइ रहन्छिन पिर लिएर
बिरोधि सालिक खोज्दै हिड्छ्न अबिर लिएर
सिढी छेउमा ,बा,भोको पेट छाम्दै बसि रहेछन
छोरो त्यही बाटो मन्दिर छिर्यो हातमा खिर लिएर
फर्किदा उ दुश्मनको पाइजामा बोकेर आयो
जाने बेलामा आउछु भन्यो काटेको शिर लिएर
मेरै प्रेमिका लिएर मुस्कुराउदै हिडेको छ उ
म रुदै हिडेको छु उनको पुरानो तस्बिर लिएर
अरुको कृपामा बाच्नु परेको छैन तिमिले झै
कमसे कम म बाचेको छु आफ्नो तक्दिर लिएर
बखत कठायत,बिशाला दैलेख
हाल : सुखेत