काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।
१० मिनेटका लागि रोकिएको संसद् बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । संसद् सचिवालयले २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।
यसअघि कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो ।