काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर जाने संकेत गर्नुभएको छ ।
बिहीबार काँग्रेस पर्साको वीरगञ्जमा नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्ने अवस्था नरहेको पनि दावी गर्नुभएको छ । गठबन्धनले स्वीकार गरेर आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो।
‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, स्थानीय तहदेखि चुनावमा गठबन्धनका साथीहरूसँग छलफल गरेर चुनावमा जाने समेत बताउनुभएको छ ।
उहाँले गठबन्धन र विपक्षी एमालेलाई पनि चिड्याउने कुरा नगर्न आग्रह गरेका थिए। यस्तै प्रधानमन्त्री देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास र रोजगार बढाउने बताएका छन् ।
एमसीसी सम्झौताअनुसार आउने अनुदानवापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् । एमसीसीबाट आउने रकम ऋण होइन अनुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’