काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
आइतबार आइतबार पार्टी कार्यलय सानेपामा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय तह निर्वाचन २०७९ को लागि नेपाली कांग्रेसको संकल्प सार्वजनिक गरेका हुन् ।
कांग्रेस महामन्त्री थापा नेतृत्वको समितिले घोषणा पत्र तयार गरेको थियो । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । ८८ पृष्ठ लामो सङ्कल्पमा ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ ।
पार्टीले आफ्नो सङ्कल्पमा चुनाव जितेपछि केही गर्ने र नगर्ने कामहरूको सूची पनि बनाएको छ । जसमा पार्टीले आफूले गर्ने कामहरूमा एक वर्ष भित्र स्थानीय सरकारलाई थप स्रोत साधन सम्पन्न बनाउन कर्मचारी व्यवस्थापन गरी आवश्यक जनशक्ति पदपूर्ति गर्ने व्यवस्था गर्ने तथा क्षमता अभिवृद्धिका लागि आवश्यक संरचना बनाउने तथा सुशासन, पारदर्शिता, जबाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुसरण गरी भ्रष्टाचारमुक्त र मितव्ययी शासन प्रणाली अवलम्बन र संस्थागत गर्ने लगायत विषयहरू उल्लेख गरेको छ ।
यता पार्टीले नगर्ने कामहरूमा जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने लगायत विषयहरू समावेश गरेको छ । हेरौँ काँग्रेसले गर्ने र नगर्ने कामहरू
हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ