Banking Khabar
शेयर

शेयरबजारको दोस्रो बजारमा सक्रिय लगानीकर्ता साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता कति ?

shilalekha
shilalekha
प्रकाशित: February 23, 2021
February 23, 2021
सेयर:

काठमाडौं । दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरुको संख्या साढे ५ लाख नाघेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन ९ गतेसम्ममा सक्रिय लगानीकर्ताहरुको संख्या ५ लाख ५० हजार ४०९ पुगेका हुन्।

धितोपत्र बजारमा प्रविधिको बढ्यो प्रयोगसँगै अनलाइन मार्फत कारोबार गर्ने लगानीकर्ताहरूको संख्या ३ लाख ७६ हजार २६१ पुगेको छ। जसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाईन प्रयोगकर्ता रहेका छन्।

दोस्रो बजारमा कारोबार गर्नको लागि नेप्सेले टीएमएस प्रणाली सञ्चालनमा ल्याएपछि अनलाइन प्रयोगकर्ता बढेको हो।

दिपशिखा धितोपत्र कारोबार कम्पनी ९ ब्रोकर नं. ३८० मा सबैभन्दा धेरै सक्रिय क्लाइन्ट रहेका छन्। हाल उक्त ब्रोकरमार्फत २८ हजार ४२८ लगानीकर्ताले कारोबार गरिरहेका छन्। यस्तै, दिपशिखामा अनलाइन क्लाइन्ट १६ हजार ४२२ रहेको नेप्सेले जनाएको छ।

यस्तै, नाशा सेक्युरीटिजको २७ हजार ६२५, सनी सेक्युरिटीजको २३ हजार ४५, इम्पेरियल सक्युरिटीजको २२ हजार ९२६ सक्रिय क्लाइन्टहरु रहेका छन् ।

सबैभन्दा कम सक्रिय क्लाइन्ट भने सगरमाथा सेक्युरीटिजको रहेको छ। सगरमाथामा ३ हजार ८९७ जना सक्रिय क्लाइन्टहरु छन्। त्यसमध्ये ४९३ अनलाईन प्रयोगकर्ता रहेका छन्।