Banking Khabar
खेलकुद

मेयर कपका लागि आर्मीको टोली घोषणा, सोमपालसहित यी खेलाडीले पाए मौका

shilalekha
shilalekha
प्रकाशित: March 4, 2021
March 4, 2021
सेयर:

काठमाडौं । पहिलो संस्करणको ‘काठमाडौं मेयर कप २०७७’ पुरुष एकदिवीय क्रिकेटका लागि त्रिभुवन आर्मी क्लबको टोली घोषणा गरेको छ।

आर्मीले बिहीबार विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो।

अलराउन्डर सोमपाल कामी, करण केसी र कुशल मल्ल आर्मी टिममा फर्किएका छन्। टी–१० लिगका कारण उनीहरूले गत महिना सम्पन्न चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता गुमाएका थिए।

प्रधानमन्त्री कपका युवा तीव्र गतिका बलर आकाश चन्द र ओपनर ब्याट्सम्यान हरिकृष्णा झालाई टोलीमा परेका छैनन्। आर्मीको प्रशिक्षकको चन्द्र साउँद र व्यवस्थापकमा राजिव चन्द रहेका छन्।

प्रतियोगिताको खेल तालिकाअघि नै सार्वजनिक भइसकेको छ। सार्वजनिक गरेको खेल तालिका अनुसार फागुन २२ गते हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीको खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ।

सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भिड्नेछन्।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ। एक टिम काठमाडौं मेयर–११ रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा फाइनल अतिरिक्त छ र मूलपानी क्रिकेट ग्राउन्डमा चार वटा म्याच खेलाइनेछ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन्। फाइनल खेल त्रिवि क्रिकेट मैदानमा फागुन २९ गते शनिबार हुनेछ। प्रतियोगिताको एक्सन स्पोर्ट्स एचडी टीभीले प्रत्यक्ष प्रशारण गर्नेछ।

मेयर कप खेल्ने आर्मीको टिम

अनिल मण्डल, राजु रिजाल, विनोद भण्डारी (कप्तान/विकेटकिपर), सोमपाल कामी, करण केसी, विक्रम सोब, कुशल मल्ल, रोहित, पौडेल, भीम शार्की, हरिबहादुर चौहान, लोकेश बम, राजेश पुलामी, जितेन्द्र मुखिया, सुशन भारी र शहाब आलम।