Banking Khabar
शेयर

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

shilalekha
shilalekha
प्रकाशित: March 24, 2021
March 24, 2021
सेयर:

काठमाडौं । पोर्टफोलियो मेनेजरद्धारा व्यवस्थापन र संचालन गरिने धेरै साना साना लगानीकर्ताहरुबाट संकलित कोष नै म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष हो ।

म्युचुअल फण्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युुचुअल फण्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले सेयर, बण्ड र ऋणपत्र, सरकारी धितोपत्र, र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् । यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ ईकाई धारीहरुलाई वहन ईकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ ।

खुलामुखी र बन्दमुखी गरी सामुहिक लगानी कोष दुई प्रकारका हुन्छनः

खुलामुखी सामुहिक लगानी कोष

खुल्ला समाप्ति कोष कुनै पनि समयमा किनबेचको लागि उपलब्ध हुन्छ भने दोस्रो बजार अर्थात नेप्सेमा सूचिकृत हुँदैन । यसको किनबेच कुनै पनि समयमा खुद सम्पत्ति मूल्यको आधारमागर्न सकिन्छ । यस्तो कोषलाई यति नै ईकाई जारी गर्नुपर्छ भन्ने रोकावट वा नियम नहुने हुँदा मागको आधारमा जति ईकाई पनि जारी गर्न सकिन्छ भने ईकाईधारीहरुको बेच्न चाहेमा कोषले नै किन्न पनि सक्ने हुन्छ ।

बन्दमुखी सामुहिक लगानी कोष

बन्द समाप्ति कोषले निश्चित संख्यामा तोके बमोजिमको ईकाई सामान्यतः तीनदेखि १५ वर्षसम्मको समयको लागि जारी गर्ने गर्छन् । बन्द समाप्ति कोषले निश्चित पुंजी प्राथमिक निष्काशनद्वारा संकलन गर्ने गर्छन् ।

यसरी संकलित कोषलाई धितोपत्र बोर्डमा सुचिकृत गरिन्छ र दोस्रो बजारमा कारोबार गरिन्छ । तय गरेअनुसारको समय सिमा सकिएपछि लगानीकर्ताले ईकाईको लगानी सहितको लाभ फिर्ता पाउँछन् । नेपालमा हाल पाँच बर्षे र सात बर्षे बन्द समाप्ति कोषहरु संचालनमा छन् ।

हालसम्म नेपाल धितोपत्र बोर्डले १६ अर्ब रुपैयाँ बाराबरको १७ वटा बन्दमुखी सामुहक लगानी योजनाहरु संचालन गर्ने स्विकृति प्रदान गरिसकेको छ भने अन्य योजनाहरु पनि बजारमा आउने क्रममा रहेका छन् ।

खुलामुखी योजनाको भने भर्खरै सुरुवात भएको छ । नेपालकै पहिलो खुलामुखी सामुहिक लगानीकोष संचालन गर्ने अनुमति एआईबिएल एस क्यापिटल लिमिटेडले पाएको छ ।