Banking Khabar
प्रदेश

कोहलपुर नगरको मेयरमा कांग्रेसबाट मेयरमा १३ जना र उपमेयरमा ५ जनाको जना सिफारिस

shilalekha
shilalekha
प्रकाशित: April 17, 2022
April 17, 2022
सेयर:

कोहलपुर । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ।

नगरको प्रमुख पदका लागि कार्यसमितिले बहालवाला उपमेयर सन्जुकमारी थारुसहित १३ जनाको नाम सिफारिस गरेको हो।

सिफारिस हुनेमा थारुसंगै २०७४ सालको निर्वाचनमा झिनो (८३) मतले पराजित मेयरका उम्मेदवार भानुभक्त भट्टराई समेत दोस्रो पटक पनि मेयरको आकांक्षासहित सिफासिमा परेका छन् । यस्तै बहालवाला वडा नं १० का वडाअध्यक्ष निम बहादुर चलाउने निरज पनि मेयरको सिफारिमा परेका छन् ।

कोहलपुरका नगर सचिव बालकुमार शर्माले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए ।

मेयरमा पूर्व नगरसभापति बलराम शर्मा, महासमति सदस्यहरु चुडामणि कँडेल, चिन्तामणि धिताल, पूर्ण आचार्य, रहेका छन् । यस्तै फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ,भुम भण्डारी, नर बहादुर मल्ल र जागेश्वर थारुको नाम पनि मेयरका लागि सिफारिस गरीएको नगर सचिव शर्माले बताए।

यस्तै उपमेयरमा लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, महासमिति सदस्य द्रोपती वली, महाधिवेशन प्रतिनिधि संगिता पौडेल पनि सिफारिस भएका छन् यस्तै मिना सिग्देल र  केश कुमारी वलीको नाम पनि सिफारिस भएको छ ।

कांग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ ।